पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै | Khabarhub Khabarhub

पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्षको पुनर्बहालीका लागि एन्फाले आकस्मिक बैठक बोलाएको छ ।

आज दिउँसो १ बजेकालागि बोलाइएको पदाधिकारी बैठकमा डेढ वर्ष अगाडि कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्ष टासी घलेको पुनर्बहाली मुख्य एजेन्डा रहेको छ ।

विक्रम संवत् २०७५ को पुष महिनामा एन्फा निर्वाचनमा अनियमितता गरेको भन्दै घलेसहितको असन्तुष्ट पक्षले एक अडियो टेप नै सार्वजनिक गरेको थियो ।

उक्त प्रकरणपछि एन्फाले घलेलाई कारबाही गर्दै मानार्थ अध्यक्ष पदबाटसमेत हटाएको थियो । एन्फाले त्यो बेला चितवन साधारण सभामा अनुपस्थित भएको कारण देखाउँदै घलेलाई कारबाही गरेको जनाएको थियो ।

आफूलाई विधान विपरित कारबाही गरिएको भन्दै घले सर्वोच्च अदालत पुगेका थिए । अदालतले गएको मंसिरमा उनको पक्षमा सुनुवाइ गर्दै राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) लाई उनको पुनर्बहाली गर्न आदेश दिएको थियो ।

नोबेल कोरोना भाइरसको महामारीकाबीच आकस्मिक बैठक बोलाएर घलेलाई पर्काउनु आश्चर्यको विषय भएको एन्फा स्रोत बताउँछ ।

‘यस्तो संकटको समयमा एक व्यक्तिका लागि आकस्मिक बैठक बोलाउनु हास्यास्पद कुरा हो,’ स्रोतले भन्यो, ‘आकस्मिक बैठक कस्तो परिस्थितीमा बोलाउने भन्ने सामान्य जानकारी नै नभए जस्तो भयो ।

नेपाल सरकारले केही महत्वपूर्ण निर्णय गर्यो, फिफाले तत्काल केही निर्णय गरे कस्तो बैठक बोलाउनु परे के भन्ने?’ एन्फा अध्यक्ष भने बैठकमा अन्य पनि एजेन्डा रहेको र घलेले अनुशासन समितिमा आत्माआलोचना गरेकाले पुनर्बहाली गर्नेबारे बैठकमा छलफल हुने बताएका छन् ।

एन्फा बैठकमा भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाही, कोरोनाको राहत र विविध गरि ४ वटा एजेन्डा रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ४७ बजे

सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक 

गलकोट– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई

बाढीपहिरोबाट ऊर्जा र सिँचाइमा १३ अर्ब बढीको क्षति

काठमाडौं– गत असोज ११ र १२ गते देशभर परेको अविरल

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ

रविलाई डर : सरकारले ९० दिनसम्मै हिरासतमा थुन्न सक्छ

काठमाडौं- सहकारी संस्थाहरूको बचत रकम हिनामिना प्रकरणमा गत कात्तिक २

अर्थतन्त्रका बाह्य सूचक बलिया, आयात-निर्यात दुबै खुम्चियो

काठमाडौं – देशको अर्थतन्त्रको वाह्य सूचकहरू सजिलो अवस्थामा देखिएका छन्