भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटै अलग « Khabarhub

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटै अलग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मूल गेटतर्फबाट जाने बाटो प्रयोग गरिएको छ ।

तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको गेटलाई सञ्चालनमा ल्याइएको जानकारी दिए । मानिस आवतजावत त्यसै गेटबाट गर्न शुरु गरेको र भूइँ मिलाएर गाडीसमेत आजबाट सञ्चालनमा ल्याइने बताए ।

सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट सोझै सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ ।

सङ्क्रमित रहेको क्षेत्रलाई हरियो जालीले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताए । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्नलाई एक होटलमा क्वारेन्टिन बनाएर राखिएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, बर्दघाट सुस्त पूर्वका तीन जना र एक जना कपिलवस्तुका सङ्क्रमित रहेका छन् । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । पौडेलका अनुसार सो ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन कक्ष रहेको छ । सिसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकमलगायतका प्रविधि जडान गरी उनीहरुको अनुगमन गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताए । अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अधिकारीले सर्वसाधारण जनताको निःशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सञ्चालन गरी सङ्क्रमितको समेत उपचार गरिएको बताए ।

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशालासमेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी यहीँबाट सात जना घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : २९ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई