उपाध्यक्ष उपस्थित नभएपछि भोलिलाई सर्‍यो एन्फाको आकस्मिक बैठक « Khabarhub

उपाध्यक्ष उपस्थित नभएपछि भोलिलाई सर्‍यो एन्फाको आकस्मिक बैठक


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज दिउँसो १ बजेका लागि बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठक भोलिलाई सरेको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएपछि आपतकालिन बैठक स्थगित गरिएको एन्फाले बताएको छ ।

आकस्मिक बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ ।

सोही अनुसार समिति सदस्य रहेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग बैठकमा नआएपछि आपतकालिन बैठक स्थगित भएको हो ।

एन्फाले महत्वपूर्ण बिषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो । एन्फाको मानार्थ अध्यक्ष पुनर्बहाली गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको हो ।

सोमबार हुन नसकेको बैठक मंगलबार २ बजेलाई बोलाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २७ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि