करबारे पुनरावलोकन निवेदनमा ‘कानून बमोजिम’ गर्न सर्वोच्चको आदेश « Khabarhub

करबारे पुनरावलोकन निवेदनमा ‘कानून बमोजिम’ गर्न सर्वोच्चको आदेश



काठमाडौँ- लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउनू भन्ने अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) का विषयमा सर्वोच्च अदालतले ‘कानून बमोजिम गर्नू’ भन्ने आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार ‘कानूनबमोजिम गर्नू’ भन्ने मात्रै आएको र पूर्ण आदेश तयार नभएका कारण मंगलबार मात्रै आदेशमा लेखिने विषय जानकारी हुने बताए ।

उनले भने, ‘आज आदेश भएको छ । आज आदेश तयार हुन नसकेका कारण के आदेश भयो भन्ने भोलि मात्रै थाहा हुनेछ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले ‘कानूनबमोजिम गर्नू’ भन्ने आदेश जारी गरेको हो ।

यसअघि लकडाउन सकिएको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै अर्थमन्त्रालय भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

गत बुधबार सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सरकारले अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रबार ‘भ्याकेट’को निवेदन दर्ता गरेको थियो ।

सरकारको आम्दानीको मुख्य स्रोत नै राजस्व भएको र राजस्व संकलन नहुँदा कर्मचारीको तलब सुविधादेखि अन्य सबै काम रोकिने भन्दै गत चैतसम्मको कर अनलाइनमार्फत बुझाउने सरकारी निर्णय कार्यान्वयन गर्न माग गरिएको थियो ।

आन्तरिक राजस्व विभागले २०७६ साल फागुनसम्म बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र बुझाउन सूचना जारी गरेको थियो । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने मितिमा हेरफेर गर्दै आगामी असार ७ र १५ गतेसम्मका लागि म्याद दिएको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ०५ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा