रुकुम घटनाका आरोपी दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश « Khabarhub

रुकुम घटनाका आरोपी दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ ।

सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन भनेको छ ।

बालबालिकासम्बन्धी ऐन २०५५ को दफा २४ (२) बमोजिम दुवै प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि नजीकको बालसुधारगृहमा पठाउन आदेश भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : १६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका