नेपाल–भारतबीच ‘रोटी बेटी’को सम्बन्ध छ, कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री « Khabarhub

नेपाल–भारतबीच ‘रोटी बेटी’को सम्बन्ध छ, कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध रोटी बेटीको भएको जनाउँदै विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् ।

सोमबार जनसंवादलाई भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले दुई देशबीचको सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् ।

‘हामीबीच रोटी बेटीको सम्बन्ध छ र विश्वको कुनै शक्तिले यसलाई तोड्न सक्दैन । सीमाको विषयमा जसले जे भने पनि हाम्रो सम्बन्ध अटुट रहन्छ’, उनले भने ।

उनले यो मार्गप्रति नेपालमा उत्पन्न भएको भ्रमलाई वार्ताको माध्यमबाट समाधान गरिने बताए । रक्षामन्त्री सिंहले धार्चुला–लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए ।

उनले भने, ‘पहिला श्रद्धालुलाई‌ मानसरोवर जानको लागि नाथुल पास मार्ग भएर जानुपर्ने अवस्था थियो । यो लामो बाटो थियो तर अब सीमा सडक सङ्गठनले लिपुलेकसम्म एक लिङ्क मार्ग बनाएको छ । ८० किलोमिटरको यो सडक भारतीय क्षेत्रमा नै बनेको हो । छिमकी राष्ट्र नेपाललाई यो सडकलाई लिएर केही गलत बुझाइ रहेको छ ।’

‘हामी बाबा पशुपतिनाथलाई बिर्सन सक्दैनौं । पशुपतिनाथ, विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कोही कसरी छुट्याउन सक्छ ? यो सम्बन्ध यो लोकको मात्रै होइन दोस्रो लोकको हो । यो सम्बन्धलाई चाहेर पनि अरु कसैले परिवर्तन गर्न सक्दैन,’ उनले भने ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : २४ बजे

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा