बेडरुममा नराख्नुहोस् यी ५ चीज « Khabarhub

बेडरुममा नराख्नुहोस् यी ५ चीज


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको जीवनमा अतंरग महत्वपुर्ण हुन्छ । यसका लागी सबैभन्दा उत्तम स्थल हो, उनीहरुको बेडरुम ।

तर कतिपय अवस्थामा जान अञ्जानमा मानिसले बेड रुममा राखेका केहि तस्बिरले उनीहरुको प्रेममय जीवनलाई असर पारिरहेको हुन्छ ।

वास्तुशास्त्रमा यस्ता केहि चिजहरु छन् जो बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ ।

१. मृतक वा पितृका तस्बिर
परिवारको कुनै पनि आफन्तजन वा प्रियजनको मृत्युपछि उनीहरुको तस्बिर सम्झना र सम्मानका लागी घरको भित्तामा झुण्ड्याउने गरिन्छ ।

तर ती तस्बिर श्रीमान श्रीमतीको बेडरुममा भने राख्नु हुदैन । अन्यथा यसले मानिसको मनमा नैराश्यता र नकारात्मक उर्जा पैदा गर्दछ र श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर हुन पाउँदैन ।

२. देवी–देवताका तस्बिर
वास्तु शास्त्र अनुसार श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि देवी–देवता, मठ मन्दिर वा शक्तिपिठहरुको तस्बिर राख्नु हुदैन ।

यसले भगवानको प्रतिको सम्मान घट्नुको साथै पति पत्नीबीचको दुरी समेत बढ्ने गर्दछ ।

बरु यस्ता तस्बिरलाई पूजा कोठामा राख्नु नै उपयुक्त हुन्छ । बेडरुममा यस्ता तस्वीर राख्दा पति–पत्नीको सम्बन्धमा फाटो आउन पुग्छ ।

३. जुता चप्पल
कतिपय मानिसमा जुत्ता चप्पल बेडरुमसम्म लाने बानि हुन्छ । तर वास्तुशास्त्र अनुसार बेडरुममा जुता चप्पल वा अन्य अनावश्यक चीजहरु भए यसले श्रीमान श्रीमतीको सम्बन्धमा दरार पैदा गर्दछ । यस्ता चीजले बेडरुममा नकारात्मक उर्जा उत्पादन गर्दछ । यसले पति–पत्नीको सम्बन्धमा नकारात्मक असर पार्दछ । तसर्थ जुत्ता चप्पल ढोका बाहिरै राख्नु पर्दछ ।

४. विद्युतीय उपकरण
श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि विद्युतीय उपकरण हुनु हुदैन । कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरण बेडरुममा भइदिदाँ यसले जोडी बीचमा दूरी उत्पन्न गराउँदछ । वास्तुशास्त्र अनुसार विद्युतीय उपकरणले अग्नि तत्वबाट प्रभावित हुन्छन् जसले सम्बन्धमा असर पार्दछ ।

५. सामग्री पनि नराख्नुहोस्
श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि हिस्रंक पशु, डुब्दै गरेको जहाज वा मुर्ती राख्नु हुदैन । यसले वैवाहिक जीवनमा मनमुटाव तथा कलह ल्याउछ ।

साथै बेडरूममा एउटा मात्र बेड हुनु पर्दछ । एउटै कोठामा दुई वटा बेड हुदाँ यसले वैवाहिक सम्बन्धमा असर पार्दछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ४५ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी