इटालियन सिरि ए :  मारियोको ह्याट्रिकमा एटलान्टाको शानदार जीत | Khabarhub Khabarhub

इटालियन सिरि ए :  मारियोको ह्याट्रिकमा एटलान्टाको शानदार जीत


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मारियो पसालिकको ह्याट्रिकमा एटलान्टाले शानदार जीत निकालेको छ ।

मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जीत निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमासमेत उक्लिएको छ ।

एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससंगको दूरी ६ अंकमा झारेको छ । रेलिगेशनबाट बच्न संघर्षरत ब्रेसियामाथि लण्डन क्लब चेल्सीका पूर्व खेलाडी पसालिकले ह्याट्रिक पुरा गरे ।

दोस्रो मिनेटमै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले खेल बराबरीमा ल्याए ।

मार्टन डी रुनले २५ औं मिनेटमा पुन एटलान्टालाई २–१ को अग्रता दिलाए । त्यसपछि घरेलु टोलीले लगातार चार गोल गर्यो ।

पसालिकले दुई तथा रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गरे । खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएका थिए ।

लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ । उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसंग २ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : १० बजे

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित