इटालियन सिरि ए :  मारियोको ह्याट्रिकमा एटलान्टाको शानदार जीत « Khabarhub

इटालियन सिरि ए :  मारियोको ह्याट्रिकमा एटलान्टाको शानदार जीत


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मारियो पसालिकको ह्याट्रिकमा एटलान्टाले शानदार जीत निकालेको छ ।

मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जीत निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमासमेत उक्लिएको छ ।

एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससंगको दूरी ६ अंकमा झारेको छ । रेलिगेशनबाट बच्न संघर्षरत ब्रेसियामाथि लण्डन क्लब चेल्सीका पूर्व खेलाडी पसालिकले ह्याट्रिक पुरा गरे ।

दोस्रो मिनेटमै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले खेल बराबरीमा ल्याए ।

मार्टन डी रुनले २५ औं मिनेटमा पुन एटलान्टालाई २–१ को अग्रता दिलाए । त्यसपछि घरेलु टोलीले लगातार चार गोल गर्यो ।

पसालिकले दुई तथा रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गरे । खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएका थिए ।

लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ । उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसंग २ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : १० बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि