कोरोना प्रभावपछि सिंगापुरमा आर्थिक मन्दी | Khabarhub Khabarhub

कोरोना प्रभावपछि सिंगापुरमा आर्थिक मन्दी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिंगापुर आर्थिक मन्दीमा फसेको छ ।

सिङ्गापुर यो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक मन्दीमा प्रवेश गरेको रोयटर्सले जनाएको छ । सिङ्गापुरको अर्थव्यवस्थामा दोस्रो त्रैमासिकमा ४१ दशमलव २ प्रतिशतको गिरावट आएको हो ।

वाणिज्य मन्त्रालयका अनुसार गएको वर्षको तुलनामा अप्रिलदेखि जुनबीच सिङ्गापुरको अर्थव्यवस्थामा १२ दशमलव ६ प्रतिशतको दरले गिरावट आएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर रोक्न लगाइएको कडा प्रतिबन्धको कारण यो अवस्था आएको बताइएको छ ।

विश्वको खुला अर्थव्यवस्थामध्ये एक सिङ्गापुरको अर्थव्यवस्थामा गिरावट देखिएको यो दोस्रो साता हो ।  पछिल्लो १० वर्षमा सिङ्गापुर पहिलो पटक आर्थिक मन्दीतर्फ धकेलिएको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : १७ बजे

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले