प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको समाचार कपोलकल्पित : निजी सचिवालय « Khabarhub

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको समाचार कपोलकल्पित : निजी सचिवालय


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा ५.५ मिलियन रहेको भनेर सार्बजनिक समाचार कपोलकल्पित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा समाचारका नाममा प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र भएको उल्लेख गरिएको छ ।

‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारपूर्ण र बदनियतका साथ गरिरहेको अन्यन्त भ्रामक, गलत र चरित्र हत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, थापाले लेखेका छन्।

उनले प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा खाता रहेको र ५.५ मिलियन डलर रहेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र गर्ने अनेकन तथ्वहरु सक्रिय भएको पनि उल्लेख गरेका छन्। ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको शाहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्ता महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिनुरहनुभएको निकै संवेदनशील बेला बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरु सक्रिय रहेको प्रष्ट नै छ’, थापाले प्रेस नोटमा लेखेका छन्।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ०३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित