टेलिकमको सिमकार्ड अभाव « Khabarhub

टेलिकमको सिमकार्ड अभाव


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ ।

बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए ।

‘वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्’, उनले भने । चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।

टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताइन् ।

एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताए ।

‘हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ’, उनले भने, ‘बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।’

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : ०७ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको