एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका « Khabarhub

एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् ।

कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका छैनन् । राधिका भने आफ्ना पतिसँग लण्डनमा घुमफिर गरिरहेकी छिन् ।

लकडाउनका बेला उनी रेस्टृुरेन्टमा पुगेकी थिइन् । साथै उनले सेफका साथ तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर पनि गरिन् ।

राधिकाले लेखिन् – लकडाउनबाट बाहिर आएर रेस्टुरेन्टमा खानुभन्दा राम्रो अरु के होला ?

राधिकाको यो पोस्टसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको भन्दै गाली गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर