स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए « Khabarhub

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो ।

केही समयदेखि नेकपाभित्र विवाद उत्पन्न भएको छ । यसअघि स्थायी कमिटीका केही सदस्य र शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष पद र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

राजीनामाको मागपछि ओलीले प्रचण्डसहित अन्य नेकपाका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका