पुनर्निर्माण अभियानमा मेयर–उपमेयर सँगसँगै « Khabarhub

पुनर्निर्माण अभियानमा मेयर–उपमेयर सँगसँगै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ऐतिहासिक पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच एकमत देखिन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण–पुनर्निर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ ।

यसले पनि महानगरपालिकाले सम्पदा निर्माण–पुनर्निर्माणलाई प्राथमिकतामा राखेको संकेत गर्छ । आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् ।

२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा–२२ मा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नासःद्यः (नाट्यश्वर) को द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित थिए ।

बेलाबखत काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि बीचको विवादका कारण सम्पदा पुर्ननिर्माणलगायतका कामले गति लिन नसकेको भन्ने आरोप लाग्ने गर्छ ।

तर, क्षमापूजामा सहभागी काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रमुख विद्यासुन्दर शाक्यको पनि खुलेर प्रशंसा गरिन् ।

‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यहाँका कला, संस्कृति र सम्पदा संरक्षणका लागि निकै ठूलो भूमिका खेल्दै आएका छौँ,’ प्रमुख विद्यासुन्दर शाक्यप्रति संकेत गर्दै उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख, म आफैँ, वडाध्यक्ष र प्रत्येक वडाका जनप्रतिनिधि पनि सम्पदा संरक्षणको अभियानमा अहोरात्र खटिरहेका छौँ ।’

उपप्रमुख खड्कीले थुप्रै सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको पनि जानकारी दिइन् । एक करोड २५ लाखमा पुर्ननिर्माण हुँदै वटुको नाट्यश्वर मन्दिर  द्यःछेँ पूर्णरुपमा क्षति भएपछि वटु नाट्यश्वर गुठीले कामचलाउ रुपमा पुर्ननिर्माण गरी पूजा–आजा गर्दै आएको थियो ।

क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुनर्निर्माण गर्न त्यहाँ रहेका सामान सार्नुपर्ने र द्यःछेँ समेत भत्काउनुपर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नु पर्ने परम्परा अनुसार उक्त पूजा गरी पुनर्निर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने