निजी स्कुलले भोलिदेखि अनलाइन सिकाइ बन्द गर्ने « Khabarhub

निजी स्कुलले भोलिदेखि अनलाइन सिकाइ बन्द गर्ने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी स्कुलहरुले साउन १ गतेदेखि वैकल्पिक सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन्।

निजी स्कुल सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ गतेदेखि नै लागू हुनेगरी शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन्।

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।

मागबारे सरकारले कुनै सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सन स्कुल बन्द गर्ने निष्कर्षमा पुगेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना बताए।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ५० बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी