म्याग्दीका फाँटैभरि छपक्कै सलह « Khabarhub

म्याग्दीका फाँटैभरि छपक्कै सलह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन् ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका कृषक सागर खत्रीले बताए । ‘चार/पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,’ उनले भने, ‘भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।’

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए । बुधवार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पुर्‍याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ०१ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर