सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ « Khabarhub

सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : २६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर