बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा « Khabarhub

बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताएका छन् ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए ।

उनले बाढीपीडितहरुका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तीव्रता दिने जानकारी गराए ।

मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । ४३ जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तिव्रता दिँदै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको