आज १२ अन्तर्राष्ट्रिय उडान, ५९२ नेपाली फर्किए « Khabarhub

आज १२ अन्तर्राष्ट्रिय उडान, ५९२ नेपाली फर्किए


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन् । यो सङ्ख्या उडान तथा अवतरण दुवैतर्फको हो ।

नेपाल एयरलाइन्सले दुबईबाट दुई उडान र दोहाबाट एक उडान गरी नेपाली घर फर्काउनेछ । त्यस प्रयोजनका लागि निगमका दुवै जहाज गन्तव्यतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोही एयरलाइन्सले चीनको कुनमिङ्गबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

यता हिमालय एयरलाइन्सको आजै अबुधाबीमा दुई र चीनको कुनमिङ्गमा एक चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज एयर अरेबियाले सारजाहाबाट १६६ नेपाली काठमाडौँ ल्याइएको छ ।

नेपालबाट ६ यात्रु लिएर गन्तव्य फर्किएको छ । कतार एयरवेजले जोहाबाट १४२ यात्रु काठमाडौँ ल्याएको छ भने फ्लाई दुबईले दुबईबाट ११८ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट एक शव पनि नेपाल ल्याएको छ । त्यस्तै सिल्क एयरलाइन्सले सिङ्गापुरबाट १४९ यात्रु तथा दुई बच्चा नेपाल ल्याएको छ । मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट १७ नेपाली ल्याएको छ भने काठमाडौँबाट ४० यात्रु लिएर गन्तव्य उडेको छ ।

बिहीबार पनि नेपाल एयरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । दुवै एयरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ ।

आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका १० चार्टर्ड उडान भएका छन् । समिट एयर, सिम्रिक एयर, तारा एयर, मनाङ एयर, श्रीएयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ५८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र