आज १२ अन्तर्राष्ट्रिय उडान, ५९२ नेपाली फर्किए « Khabarhub

आज १२ अन्तर्राष्ट्रिय उडान, ५९२ नेपाली फर्किए


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन् । यो सङ्ख्या उडान तथा अवतरण दुवैतर्फको हो ।

नेपाल एयरलाइन्सले दुबईबाट दुई उडान र दोहाबाट एक उडान गरी नेपाली घर फर्काउनेछ । त्यस प्रयोजनका लागि निगमका दुवै जहाज गन्तव्यतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोही एयरलाइन्सले चीनको कुनमिङ्गबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

यता हिमालय एयरलाइन्सको आजै अबुधाबीमा दुई र चीनको कुनमिङ्गमा एक चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज एयर अरेबियाले सारजाहाबाट १६६ नेपाली काठमाडौँ ल्याइएको छ ।

नेपालबाट ६ यात्रु लिएर गन्तव्य फर्किएको छ । कतार एयरवेजले जोहाबाट १४२ यात्रु काठमाडौँ ल्याएको छ भने फ्लाई दुबईले दुबईबाट ११८ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट एक शव पनि नेपाल ल्याएको छ । त्यस्तै सिल्क एयरलाइन्सले सिङ्गापुरबाट १४९ यात्रु तथा दुई बच्चा नेपाल ल्याएको छ । मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट १७ नेपाली ल्याएको छ भने काठमाडौँबाट ४० यात्रु लिएर गन्तव्य उडेको छ ।

बिहीबार पनि नेपाल एयरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । दुवै एयरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ ।

आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका १० चार्टर्ड उडान भएका छन् । समिट एयर, सिम्रिक एयर, तारा एयर, मनाङ एयर, श्रीएयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ५८ बजे

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिर)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको