कोरोना भाइरस  : एकैदिन २ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त « Khabarhub

कोरोना भाइरस  : एकैदिन २ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त

६६ प्रतिशत संक्रमित निको


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

शनिबार यो समाचार तयार पार्दासम्म २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो ।

यस्तै एकैदिन ५ हजार ७२३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४४१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ४९३ जनाको मृत्यु भएको छ । ३१ लाख २८ हजार ६२३ जना संक्रमित भएकोमा १८ लाख ९२ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४४ हजार २८१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ लाख ४८ हजार ६३० पुगेको छ । त्यसमध्ये ३५ लाख १५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १७ हजार १०३ जनाको मृत्यु भएको छ । ५४ लाख ८६ हजार ५३१ जना संक्रमित भएकोमा ४१ लाख ९६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७३ हजार ९ जनाको मृत्यु भएको छ । ५१ लाख ४५ हजार ६५८ जना संक्रमित भएकोमा ३६ लाख ९८ हजार ८७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार १३९ जनाको ज्यान गएको छ भने ११ लाख १ हजार ६५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख १४ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०१ जनाको मृत्यु भएको छ । २४ हजार ८३३ जना संक्रमित भएकोमा १५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ५९ बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार