नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार मोरङ र सिरहाका १-१ जना पुरुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु भएको थियो । यसअघि बिहीबार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि बुधबार एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।

त्यस्तै मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो । यसैगरी विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । डा. गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।

त्यसैगरी पर्साको वीरगञ्जमा-१५ की ४५ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि भएको थियो । त्यस्तै काठमाडौ-१० मध्यबानेश्वर बस्ने एक ७६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु पुष्टि भएको थियो । त्यसैगरी कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोनाकै कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

डा. गौतमका अनुसार गत आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

त्यस्तै यसअघि पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा-६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । यसअघि पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

योभन्दा अगाडि विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको हो । यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको हो । यसअघि पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको थियो ।

यसअघि यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका-१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर-२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको थियो ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको थियो।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको थियो।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको थियो भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।

त्यस्तै ५९ वर्षीय चिनियाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको थियो । त्यसैगरी वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

यसैगरी पर्सा वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको पनि कोरोनाले मृत्यु भएको थियो । उनको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसैगरी नारायणी कोरोना विषेश अस्पतालमा उपचारत बाराकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

त्यसैगरी मोरङका ४५ वर्षका पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । उनी कोशी अस्पतालबाट रेफर गरिएका बिरामी थिए । प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसअघि बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो। यसैगरी धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३६ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

त्यस्तै बाराको फेटा गाउँपालिका- ३ का एक ६० वर्षीय पुरुषको त्रिवि क्षियण अस्पताल महाराजगंञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : ३१ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर