स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन- भारतको सम्प्रभुतामाथि आँखा लगाउँनेलाई उस्तै जवाफ दिने « Khabarhub

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन- भारतको सम्प्रभुतामाथि आँखा लगाउँनेलाई उस्तै जवाफ दिने


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

दिवसको अवसरमा आफ्नो मन्तव्य राख्दै मोदीले देशलाई आत्मनिर्भर बनाउन कोरोना भाइरसलाई अवसरको रुपमा लिनुपर्ने कुरामा जोड समेत दिएका छन् ।

कोभिडपछि मुलुकलाई आत्मनिर्भर बनाउनको लागि विश्वका सबै देशहरुसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड समेत दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो छिमेकी देशसँग चाहे उ जमिनसँग जोडिएको होस् या समुन्द्रसँग हामीले आफ्नो सम्बन्धलाई अझै विश्वासका साथ जोडिरहेका छौं ।’

भारतको प्रयास रहनेछ कि आफ्नो छिमेकी देशसँग आफ्नो पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुन्छ, ती सबै मानवताका लागि काम आउने धारणा राखेका थिए ।

त्यस्तै आफ्ना छिमेकीहरु सँगको पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुने विश्वास समेत व्यक्त गरेका छन् ।

भारतले आफ्नो सम्प्रभुताका लागि देश र त्यहाँका सेनाले के गर्न सक्छ त्यो लद्दाखमा देखाई दिएको पनि उनले धारणा राखेका थिए ।

उनले भने, ‘भारत आफ्नो १३० करोड जनताको समर्थनमा ‘मेक फर वल्र्ड’ को दिशामा प्रगती गर्ने तागत राख्छ ।’ भारतको सम्प्रभुतामाथि जसले आँखा लगाउँछ उसलाई त्यसैगरि जवाफ दिने पनि उनले चेतावनी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : १६ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा