टिप्परको ठक्करबाट बालकको मुत्यु « Khabarhub

टिप्परको ठक्करबाट बालकको मुत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार थिए । अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ५८ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन