साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने « Khabarhub

साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने



दोहा- साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर  उडान हुने भएको छ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका  तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १७, १९, २३ र २७ तारिख रियादबाट उडान गर्नेछ । उक्त मितिमा नेपाल जान इच्छुक नेपालीले टिकट लिन सक्ने दूतावासले जनाएको छ ।

नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेपश्चात प्राप्त हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

यसघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर १८, १९,२०,२४ र २८ तारिखमा दमामबाट उडान गर्ने उल्लेख छ ।

यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बर १६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : १५ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज