विश्वमा कोरोना : २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ ।

यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ ।

एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९१३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४१८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १०६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ८४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९७१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८५० जनाको मृत्यु भएको छ । ३० हजार १५८ जना संक्रमित भएकोमा २६ हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार