रक्तदानका फाइदै फाइदा « Khabarhub

रक्तदानका फाइदै फाइदा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तपाईंले रक्तदान गर्नु भएको छ । कोरोना महामारीका बेला नेपालका धेरै अस्पतालमा रगतको अभाव भएको समाचारहरु बाहिरी रहेको छ । यस संकटको घडीमा रक्तदान गर्नु निकै महत्वपुर्ण हुन्छ ।

तर कतिपय मानिसमा रगत दान गर्दा के हुन्छ ? कस्ता व्यक्तिले रक्तदान गन सक्छन् ? रक्तदान गरेपछि शरीरमा केहि असर हुन्छ कि हुदैन भन्ने डर हुन्छ । तर ढुक्क हुनुहोस् तपाईंले सोचे जस्तो त्यस्तो केही हुँदैन । बरु उल्टै रक्तदान गर्दा शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा मिल्ने गर्दछ ।

१. रक्तदान मुटुका लागि निकै राम्रो मानिन्छ । स्वस्थ्य मानिसले ३/३ महिनाको अन्तरमा रक्तदान गरेमा शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । साथै रक्तदातालाई हृदयाघातको संभावना हुदैन । रक्तदान गर्दा रगत पातलो हुन्छ, यो मुटुका लागि फाइदाजनक मानिन्छ ।

२. शरीरलाई स्वस्थ राख्न नयाँ रक्त कोशिकाको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले नियमित रक्तदान गर्दा शरीरमा नयाँ बन्ने रगत र कोशिका स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।

३. एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्दछ । नियमित रुपमा रक्तदान गर्नेहरुले मोटोपनाको तनाव लिनुपर्दैन ।

४. क्यान्सरजस्ता प्राणघातक रोगबाट बचाउन समेत नियमित रुपमा रक्तदान गर्नुपर्दछ । नियमित रक्तदान गर्दा क्यान्सर र अन्य रोगको संभावना टरेर जान्छ । किनभने रक्तदानले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्दछ ।

५. रक्तदान गर्दा शरीरमा रोग भए नभएको परीक्षण गरिन्छ । यसले शरीरको नियमित जाँच पनि हुन्छ । रक्तदानपछि समेत एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।

सामान्यतया १६ भन्दा माथि र ५० किलोग्रामभन्दा बढी तौल भएका ६० बर्षसम्मका स्वस्थ्य ब्यक्तिले रक्तदान गर्दा कुनै पनि असर पर्दैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ५६ बजे

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली

सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ?

काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासी

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा

पूर्ण खोप अभियान सुरु : १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध निःशुल्क खोप

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व खोप सप्ताहको अवसर पारेर