भक्तपुर मृत्यु प्रकरण : धारिलो हतियारको प्रयोग गरी आमाछोराको हत्या ! « Khabarhub

भक्तपुर मृत्यु प्रकरण : धारिलो हतियारको प्रयोग गरी आमाछोराको हत्या !


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकाघरका तीनै जनाको मृत्यु भएको भक्तपुर घटनामा तीन मध्ये दुई जनाको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘हामीले तीन वटै शव पोष्टमार्टका लागि पठाएका थियौं जसमध्ये दुई जनाको धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ ती अधिकृतका अनुसार पोष्टमार्टमको लिखित रिपोर्ट आइनसकेकेको र मौखिक रुपमा धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको भन्ने जानकारी अस्पतालले प्रहरीलाई दिएको छ ।

गत शुक्रबार साँझ करिव ५ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव भेटिएको थियो ।

जसमध्ये सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रयोग भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले देखाएको हो । शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अस्पतालबाट मौखिक जानकारी आएपनि लिखित रिपोर्ट नआइसकेकाले यहि हो भनेर भन्न सकिने अवस्था छैन । तर दुई जनाको शवको प्रारम्भिक रिपोर्ट भने धारिलो हतियारकै प्रयोगबाट मृत्यु भएको देखिएको छ ।’

यता प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको हुनसक्ने संकेत गरेको छ । यद्यपी यो अहिले अनुसन्धानकै चरणमा रहेकाले प्रहरीले प्रमाणसहित घटनाको तथ्य बाहिर ल्याउन भने सकेको छैन ।

यो पनि पढ्नुहोस्

भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या !

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया