अमेरिकी सेनामा रोबोट कुकुर भर्ती « Khabarhub

अमेरिकी सेनामा रोबोट कुकुर भर्ती


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेनामा कृत्रिम बौद्धिकताको उपयोग बढाउनका लागि अमेरिकाको वायुसेनाले रोबोट कुकुर राखेर ठूलो अभ्यास गरेको छ । युद्धभूमिमा मानव सैनिकहरू प्रवेश गर्नुअघि जोखिम आकलन गर्न रोबोट कुकुरलाई तालिम दिइएको हो ।

चारवटा खुट्टा भएका अनि टाउको नभएका यान्त्रिक कुकुरलाई अमेरिकाको नेभादामा रहेको नेल्लिस एयर फोर्स बेसमा विमानबाट निस्केर खतराको संकेत पत्ता लगाउन अह्राइएको थियो ।

ती कुकुर विकसित युद्ध व्यवस्थापन प्रणालीका एक हिस्सा हुन् । अमेरिकी वायुसेनाले कृत्रिम बौद्धिकता तथा आँकडा विश्लेषण गरेर अमेरिकी सेनालाई हुने जोखिम विश्लेषण गरेर त्यसलाई निस्तेज पार्नेछ ।

कुकुरहरूलाई गोस्ट रोबोटिक्सले बनाएको हो । त्यो फिलाडेल्फियामा रहेको कम्पनी हो । कुकुरलाई भिजन ६० यूजीभी नाम दिइएको छ ।

कुकुरहरूलाई टाढैबाट नियन्त्रण गर्न सकिन्छ र तिनले युद्धभूमिमा सैनिक जानुअघि त्यहाँको तस्वीर लिन्छन् । उनीहरूलाई उचाइमा चढ्नका लागि र विभिन्न सतहमा जानका लागि तालिम दिइएको छ ।

कुकुरहरू वायुसेनाका ‘किल चेन’ का महत्त्वपूर्ण अंग हुन् । किल चेन सैन्य शब्दावली हो जसले विश्लेषण, योजना निर्माण र सैन्य कारवाहीको प्रक्रियालाई इंगित गर्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : २६ बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर