पुटिनका कट्टर आलोचक नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार « Khabarhub

पुटिनका कट्टर आलोचक नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन – रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ ।

जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उनी अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न थालेका छन् ।

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ ।

गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो । जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ । रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ ।

च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उहाँ अस्पतालको शैयाबाट यताउता हिँडडुल गर्न सक्ने हुनु भएको छ ।”

रसियाका विदेश मन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरुले अघि सारेको आरोप लगाएका छन् । उनले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत हुनुभएका नाभाल्नीलाई बचाउन विमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताए ।

उनले चिकित्सकहरुले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पर्ने थियो भने ।

उनले भने, “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरुको तत्काल प्रतिक्रिया निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरुले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन् ।”

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ४५ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम