ललितको उपचारका लागि आर्थिक सहयोगको अपिल « Khabarhub

ललितको उपचारका लागि आर्थिक सहयोगको अपिल


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोग संकलनका लागि आव्हान गरेको छ।

मंगलबार सिप्यान विज्ञप्ति जारी गर्दै ललितको उपचारका लागि सहयोग अपिल गरेको हो।

सिप्यानले क्रिकेटरको छाता संगठन सधै खेलाडीको हकहितका लागि भएको भन्दै नेपाली क्रिकेटलाई माया गर्नेहरुसँग ललितको उपचारका लागि आर्थिक सहयोग संकलनमा जुटेको बताएको छ।

सिप्यानका अध्यक्ष मनिष राज पाण्डे र महासचिव पारस खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा क्रिकेट प्लेयर्स एसोसिएसन नेपालका नाममा रहेको सेञ्चुरी कमर्सियल बैंकको खाता नम्बर ००१०००२५२९ CA मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

आइतबार बेलुका कञ्चनपुरको झलारी बजारमा ट्रकसँग ललित सवार मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो । त्यसलगत्तै झलारीमै प्राथमिक उपचार पछि ललितलाई धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो।

तर, त्यहाँ उपचार सम्भव नभएपछि सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो। तर, परिवारले उपचारका लागि काठमाडौं ल्याउने भनेपछि उनलाई सोमबार बेलुका एयर एम्बुलेन्समार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको हो ।

सोमबार देखि नै उनको उपचार सुरु भइसकेको छ। दायाँ हात र खुट्टा फ्याक्चर भएको बताइएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ५१ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको