ललितको उपचारका लागि आर्थिक सहयोगको अपिल « Khabarhub

ललितको उपचारका लागि आर्थिक सहयोगको अपिल


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोग संकलनका लागि आव्हान गरेको छ।

मंगलबार सिप्यान विज्ञप्ति जारी गर्दै ललितको उपचारका लागि सहयोग अपिल गरेको हो।

सिप्यानले क्रिकेटरको छाता संगठन सधै खेलाडीको हकहितका लागि भएको भन्दै नेपाली क्रिकेटलाई माया गर्नेहरुसँग ललितको उपचारका लागि आर्थिक सहयोग संकलनमा जुटेको बताएको छ।

सिप्यानका अध्यक्ष मनिष राज पाण्डे र महासचिव पारस खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा क्रिकेट प्लेयर्स एसोसिएसन नेपालका नाममा रहेको सेञ्चुरी कमर्सियल बैंकको खाता नम्बर ००१०००२५२९ CA मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

आइतबार बेलुका कञ्चनपुरको झलारी बजारमा ट्रकसँग ललित सवार मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो । त्यसलगत्तै झलारीमै प्राथमिक उपचार पछि ललितलाई धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो।

तर, त्यहाँ उपचार सम्भव नभएपछि सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो। तर, परिवारले उपचारका लागि काठमाडौं ल्याउने भनेपछि उनलाई सोमबार बेलुका एयर एम्बुलेन्समार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको हो ।

सोमबार देखि नै उनको उपचार सुरु भइसकेको छ। दायाँ हात र खुट्टा फ्याक्चर भएको बताइएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ५१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको