कोरोना भाइरस निष्क्रिय पार्ने औषधि निर्माण गरेको अमेरिकी कम्पनीको दाबी « Khabarhub

कोरोना भाइरस निष्क्रिय पार्ने औषधि निर्माण गरेको अमेरिकी कम्पनीको दाबी


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको एक कम्पनीले कोरोना भाइरस (कोभिड–१९) निष्क्रिय पार्ने औषधि तयार पारेको दाबी गरेको छ ।

युनिभर्सिटी अफ पिटर्सवर्ग स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरस निष्क्रिय पार्ने औषधिको विकास गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सेल नामक जर्नलमा प्रकाशित लेखका आधारमा सो औषधिको विकासबारे अमेरिकाको समाचार संस्था फक्स न्यूजले समाचार तयार पारेको छ ।

वैज्ञानिकहरुका अनुसार यो औषधिले मान्छेमा कुनै साइड इफेक्ट नगर्ने र यसलाई निकै सानो बायोलोजिकल कणबाट निर्माण गरिएको बताइएको छ ।

वैज्ञानिकहरुले यसलाई सार्स–कोभ २ नाम दिएका छन् । यो औषधि परीक्षणका क्रममा मुसा र ह्याम्स्टर्समा प्रभावकारी भएको बताइएको छ ।

समाचारका अनुसार यो औषधिले बिरामी निको हुनुका साथै पछि कोरोना संक्रमण नहुने पनि जनाइएको छ ।

युनिभर्सिटी अफ टेक्सस मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एण्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याब्रोटरीका प्रतिनिधिहरुले मुसामा यो औषधिको परीक्षण गर्दा मुसामा सेल्स भाइरस प्रवेश गर्न नदिएको बताएका छन् ।

यो औषधि कहिलेदेखि सर्वसाधारणका लागि उपलब्ध हुनेछ भन्नेबारेमा भने अझै खुलाइएको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ०५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष