डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा « Khabarhub

डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

संसदको सदस्य नरहेका कारणले डा. खतिवडा मन्त्रीपदबाट हटेपछि अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले लिएका छन् ।

आर्थिक सल्लाहकार नियुक्त गरेर प्रधानमन्त्री ओलीले छायाँ अर्थमन्त्रीका रूपमा डा. खतिवडाबाटै काम लिने बाटो लिएका हुन सक्छन् । अर्को अर्थमन्त्री नियुक्त नहुँदासम्म यही अवस्था रहने प्रष्ट छ ।

प्रधानमन्त्रीका निकटस्थहरूका अनुसार उनी डा. खतिवडालाई नै राष्ट्रियसभामा मनोनीत गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे । पार्टीको आन्तरिक शक्ति सन्तुलनका कारणले उनले बाटो बदल्नु परेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ५४ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा