डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा « Khabarhub

डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

संसदको सदस्य नरहेका कारणले डा. खतिवडा मन्त्रीपदबाट हटेपछि अर्थमन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले लिएका छन् ।

आर्थिक सल्लाहकार नियुक्त गरेर प्रधानमन्त्री ओलीले छायाँ अर्थमन्त्रीका रूपमा डा. खतिवडाबाटै काम लिने बाटो लिएका हुन सक्छन् । अर्को अर्थमन्त्री नियुक्त नहुँदासम्म यही अवस्था रहने प्रष्ट छ ।

प्रधानमन्त्रीका निकटस्थहरूका अनुसार उनी डा. खतिवडालाई नै राष्ट्रियसभामा मनोनीत गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे । पार्टीको आन्तरिक शक्ति सन्तुलनका कारणले उनले बाटो बदल्नु परेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै