वैवाहिक जीवनमा खटपट हटाउने ७ ‘फेन्गशुई’ टिप्स « Khabarhub

वैवाहिक जीवनमा खटपट हटाउने ७ ‘फेन्गशुई’ टिप्स


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ संस्कृतीमा वास्तु दोष निवारण गर्ने उत्तम उपाय हो फेन्गशुई । फेन्गशुई टिप्सको पालनाले जीवनको नकारात्मक शक्ति नष्ट हुने चिनियाँ मान्यता रहेको छ ।

हाम्रो वातावरणमा चारैतर्फ नकारात्मक ऊर्जा रहेका हुन्छन् । यसले हाम्रो जीवनलाई प्रभावित पार्दछ । तर घर वा कार्यस्थलमा फेन्गशुईका उपाय गरे नकारात्मक ऊर्जाको प्रभाव शून्य हुने मान्यता रहेको छ । यस अलावा फेन्गशुई टिप्स अपनाए वैवाहिक जीवन मधुर र प्रगाढ बन्न सक्छ । यस्ता छन् टिप्सहरु :

१. वैवाहिक जीवनमा दम्पतीबीच दरार आए फेन्गशुईका अनुसार शयनकक्षमा टेलिभिजन, कम्प्यूटर लगायतका विद्युतिय उपकरण राख्नु हुदैन ।

२. फेन्गशुई अनुसार बेडको सामुन्ने ट्वाइलेटको गेट हुनु हुदैन । यदि छ भने पनि यसलाई बन्द राख्नुहोस् ।

३. बेडको सामुन्ने ऐना हुनु हुदैन । अन्यथा फेन्गशुईका अनुसार पतिपत्नीमा झगडा पर्न सक्छ ।

४. डबल बेडमा एउटै डसनाको प्रयोग गर्नु पर्दछ । यसले सम्बन्धमा आएको नकारात्मकता दुर भएर जानेछ । साथै सम्बन्ध अझ मजबुत हुनेछ ।

५. बेडलाई झ्याल वा पर्खालमा नछुवाइकन राख्नु पर्दछ । पर्खालमा बेड छोइएमा सम्बन्धमा तनाव उत्पन्न हुनसक्छ ।

६. बेडरूममा कहिल्यै नदी, तलाउ वा झरनाको पेन्टिग हुनुहुँदैन ।

७. बेडको मुनी कुनै पनि सामान हुनु हुदैन । यसले बेडरूममा सकारात्मक ऊर्जाको प्रभाव पर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु