रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित « Khabarhub

रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।

पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो ।

पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।

जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो ।

जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ  । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

क्रोएसिया तेस्रो स्थानमा रहँदा जितविहिन स्वीडेन पुछारमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ३७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा