रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित « Khabarhub

रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।

पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो ।

पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।

जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो ।

जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ  । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

क्रोएसिया तेस्रो स्थानमा रहँदा जितविहिन स्वीडेन पुछारमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ३७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि