तातोपानीमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना « Khabarhub

तातोपानीमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना


२९ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धपाल्चोक- चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका  तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ ।

गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिती थियो ।

सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार सीमासुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धारमा खट्नेछ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : ५१ बजे

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने