विराटनगरमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा थप तीन संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्।

असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो ।

यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए । ती पुरूषमा सुगर र उच्च रक्तचापको समस्या रहेको उनले बताए ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ ।

उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलामा मुटु सम्बन्धी पूरानै समस्या रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : ५८ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त