सिरहाका ४५ उद्योगको दर्ता खारेज « Khabarhub

सिरहाका ४५ उद्योगको दर्ता खारेज


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ ।

लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ३० बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार