ट्रम्पका कान्छा छोरामा पनि कोरोना संक्रमण « Khabarhub

ट्रम्पका कान्छा छोरामा पनि कोरोना संक्रमण


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले भने संक्रमण मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी संक्रमणमुक्त भइसक्दा पनि संक्रमण भएको सार्वजनिक गरिएको थिएन ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी