ताप्लेजुङका प्रजिअ चापागाईँलाई कोरोना संक्रमण « Khabarhub

ताप्लेजुङका प्रजिअ चापागाईँलाई कोरोना संक्रमण


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रजिअलाई कोरोना पोजेटीभ भएपछि जिल्ला प्रशासन कर्यालय सात दिनलाई सिल गरिएको छ ।

प्रशासन सातदिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनका नायव सुब्बा रमेशप्रसाद सिग्देलले बताए ।

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईलाई संक्रमण पुष्टि भएको हो ।

बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईँको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाईएको थियो ।

स्वाब संकलनपछि प्रजिअ चापागाई प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टाइनमा बसेका थिए ।

उनले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकाले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : ३३ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द