एनआरएनए मध्यपूर्वको शुक्रबार क्षेत्रीय भेला, गैरआवासीय नेपालीका समस्याबारे छलफल हुने « Khabarhub

एनआरएनए मध्यपूर्वको शुक्रबार क्षेत्रीय भेला, गैरआवासीय नेपालीका समस्याबारे छलफल हुने



दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेला शुक्रबार हुँदैछ ।

दुई दिनसम्म चल्ने भेलामा गैरआवासीय नेपालीहरुको समस्याका बारेमा छलफल हुनेछ ।

‘आजको आवश्कता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चित’ भन्ने मूल नाराको साथ यही अक्टोबर १६ र १७ तारिखमा भेला हुन लागेको हो ।

बुधबार साँझ प्रवासका संचारकर्मीहरुको समाचार संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन)ले भर्चुअल बिधिबाट पत्रकार सम्मेलन गर्दै एनआरएनएले यस्तो जानकारी दिएको हो ।

एनआरएनएका अभियन्ताहरुले सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्ने मात्र नभई सम्भावनाहरु पनि खोज्न सुझाव दिएका छन् ।

गैरआवासीय राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गर्न लागेको भेलामा मध्यपूर्वमा रहेका नेपालीहरुको रेमिटान्स मात्र नभई विदेशमा सिकेको ज्ञानसीपलाई पनि नेपालको विकासमा सदुपयोग गर्न नेपाल सरकारलाई खाका पेस गर्न सुझाव दिइने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खाली कोरोनाका कारण मध्यपूर्वमा १ लाख भन्दा बढी नेपाली संक्रमित भएको बताउँदै अझै पनि स्वदेश फिर्तीका लागि सहज नभएको बताए ।

यस्तै, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले कोरोना बेला कतार सरकारले नेपालीहरुलाई आफ्नो नागरिक सरह ब्यबहार गरेको तथा नेपालीहरु भोको नहुन खाद्यान्न उपलब्ध गराएको बताए ।

मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारे पनि आगामी भेलामा छलफल हुनुपर्नेमा जोड दिए । उनले एनआरएनए कतारलाई आयोजक बनाएकोमा मध्यपूर्वका एनआरएनए अध्यक्षहरुलाई धन्यवाद दिएका छन् ।

एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले कोरोना कारण मध्यपूर्वबाट रोजगारी गुमाएर फर्किएका नेपाली महिला दिदीबहिनीहरुलाई उनीहरुको सीपअनुसारको रोजगारी नेपालमै दिने विषयमा सरकारलाई झकझक्याउनु पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १ : ४० बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको