जावा मोटरसाइकल (क्लासिक लिजेन्ड्स) अब नेपालमा « Khabarhub

जावा मोटरसाइकल (क्लासिक लिजेन्ड्स) अब नेपालमा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो ।

उक्त बजार प्रवेश कार्यक्रम अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुको अनावरण गरे ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५०० रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

जहाँ मोडल जावा फोर्टी र्टु भरियन्टमा आएका छन्, जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमश : ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

नेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शौरुममा जान सकिनेछ ।

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमश : स्थापना गर्दै जाने योजना रहेको छ ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ३ : ५८ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी