सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ | Khabarhub Khabarhub

सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्ने २८ वर्षीय गोबिन्द खड्का छन् । रामेछाप खाँडोदेबी गाउँपालिका– ६ स्थायी ठेगाना भएका उनी काठमाडौँको टोखा नगरपालिका बाँनियाटार बस्दै आएका थिए ।

हार्डवेयर सामान डेलिभरीको काम गर्ने उनलाई सिंगापुरे १४४ एमएचजेडको सञ्चार सेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सञ्चार सेटसहित गोबिन्द खड्का नाम लेखिएको नेमप्लेट, प्रहरीको यूनिफर्म, सिठी, मोटरसाइकल र विभिन्न ब्राण्डका मोबाइल बरामद गरेको छ ।

राति व्यवसाय चलाउने ठाउँमा गएर प्रहरी भन्दै धम्क्याउने उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : २० बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्