लण्डनमा कोभिड–१९ नियन्त्रण गर्न थप कडाई हुने « Khabarhub

लण्डनमा कोभिड–१९ नियन्त्रण गर्न थप कडाई हुने


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बताएका छन् ।

करिब ९० लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो ।

उनले ‘लण्डन एसेम्ली’मा भने, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ ।”

यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ५९ बजे

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा– तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम