गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १६९ जनामा कोरोना पुष्टि  « Khabarhub

गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १६९ जनामा कोरोना पुष्टि 



कास्की- गण्डकी प्रदेशमा आज १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहान ६ बजेदेखि अहिले साँझ सवा ५ बजेसम्म पटक-पटक गरी जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी भएको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी नवलपरासीपूर्वमा ५८ जना, बाग्लुङमा ५१, तनहुँमा ११, गोरखामा ७, म्याग्दीमा ४ र लमजुङमा ३ जना संक्रमित थपिएका छन् ।

निर्देशनालयले गरेको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ हजार ३ सय ६ पुगेको छ ।

यसैबीच, तनहुँ जिल्ला, ब्यास नगरपालिका– ३ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

ती पुरुषको राति ११ बजेर ५० मिनेटमा गण्डकी मेडिकल कलेज, पोखराको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ३३ बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले