गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १६९ जनामा कोरोना पुष्टि  « Khabarhub

गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १६९ जनामा कोरोना पुष्टि 



कास्की- गण्डकी प्रदेशमा आज १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहान ६ बजेदेखि अहिले साँझ सवा ५ बजेसम्म पटक-पटक गरी जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी भएको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी नवलपरासीपूर्वमा ५८ जना, बाग्लुङमा ५१, तनहुँमा ११, गोरखामा ७, म्याग्दीमा ४ र लमजुङमा ३ जना संक्रमित थपिएका छन् ।

निर्देशनालयले गरेको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ हजार ३ सय ६ पुगेको छ ।

यसैबीच, तनहुँ जिल्ला, ब्यास नगरपालिका– ३ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

ती पुरुषको राति ११ बजेर ५० मिनेटमा गण्डकी मेडिकल कलेज, पोखराको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित