बालिका बलात्कारपछि हत्या गरेको आरोपमा साह पक्राउ « Khabarhub

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा साह पक्राउ


२९ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा १४ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डेढ साताअघि रौतहटको बृन्दावन नगरपालिका-४ मा  गढिमाई नगरपालिका १ समनपुर घर भएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय चुनु साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत असोज १६ गते घर नजिकैको उखुबारीमा घाँस लिन गएकी बालिकालाई गाउँकै ४५ वर्षीय साहले बलात्कार गरेका थिए । बालिकाले अभिभावकलाई भन्ने डरले चुनुले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

‘बालिकालाई सुरुमा फकाए छ । त्यसपछि बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने,‘घट्ना सार्वजनिक हुने डरले बालिकाको हत्या भएको खुलेको छ ।’

बालिकाको हत्या गरी साह फरार थिए । बालिका वृन्दावन नगरपालिका-४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् ।

पक्राउ परेका साहलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ६ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया