बालिका बलात्कारपछि हत्या गरेको आरोपमा साह पक्राउ « Khabarhub

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा साह पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा १४ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डेढ साताअघि रौतहटको बृन्दावन नगरपालिका-४ मा  गढिमाई नगरपालिका १ समनपुर घर भएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय चुनु साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत असोज १६ गते घर नजिकैको उखुबारीमा घाँस लिन गएकी बालिकालाई गाउँकै ४५ वर्षीय साहले बलात्कार गरेका थिए । बालिकाले अभिभावकलाई भन्ने डरले चुनुले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

‘बालिकालाई सुरुमा फकाए छ । त्यसपछि बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने,‘घट्ना सार्वजनिक हुने डरले बालिकाको हत्या भएको खुलेको छ ।’

बालिकाको हत्या गरी साह फरार थिए । बालिका वृन्दावन नगरपालिका-४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् ।

पक्राउ परेका साहलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ४२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको