सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग « Khabarhub

सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले कुटपिटबाट दलित रामको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न माग गरे ।

सचेतक कुशवाहाले मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुखले जाहेरी लिन नमानेको जनाउँदै पीडितलाई न्यायका दिनुपर्ने बताए ।

गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइने भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै काँग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला समितिले आपसी विवादका कारण भएको घटनालाई राजनीतिकरण नगर्न आव्हान गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ५१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री