कोरोना अपडेटः अमेरिकामा थपिए एकै दिन लाखौं संक्रमित, विश्वमा १३ लाखको मृत्यु « Khabarhub

कोरोना अपडेटः अमेरिकामा थपिए एकै दिन लाखौं संक्रमित, विश्वमा १३ लाखको मृत्यु


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख १८ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ करोड ७८ लाख ६६ हजार निको भएका छन् भने करीब १ करोड ५१ लाख ३४ हजारभन्दा सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ९८ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या १ करोड १२ लाख २६ हजार नाघिसकेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ५१ हजारभन्दा बढीको ज्यान गएको छ भने ६ लाख ८९ हजारभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ६० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ८८ लाख १४ हजार ९०० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि १ लाख २९ हजार जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ५८ लाख ४८ हजार ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ६५ हजार ६५३ जनाको मृत्यु भएको छ ।

यस्तै युरोपेली मुलुक फ्रान्समा १९ लाख ५४ हजार ५९९ हजार कोरोना संक्रमित थपिएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ३२ हजार संक्रमित थपिएका छन् । यस्तै २४ ३ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ लाख ३ हजार कोरोना संक्रमित पुगेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा करीब २२ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकहरु खासगरी फ्रान्स, रसिया, स्पेन र बेलायतमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

नेपालमा हालसम्म २ लाख ८ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म १ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७० हजार ६३२ जना निको भएका छन् ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ०५ बजे

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।